देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दिनभर घटेको सेयर बजार बढेर बन्द

देशान्तर

काठमाडौं – दिनभरजसो घटिरहेको सेयर बजार बढेर बन्द भएको छ । मंगलबार ८.१४ अंकले बढेको बजार २१७३.२४ बिन्दुमा पुगेर रोकिएको छ ।
मंगलबार बजार २१४० सम्म ओर्लिएको थियो । मंगलबार शून्य दशमलव ३८ प्रतिशतले बजार बढेको हो । यस दिन कुल २४८ धितोपत्रको ५२ हजार ४५० वटा कारोबारबाट ८३ लाख १८७ कित्ता सेयर किनबेच भएको छ ।

मंगलबार ३ अर्ब ३ करोड २३ लाख ३९ रुपैयाँको कारोबार भएको छ । मंगलबार बैंकिङ, इन्भेष्टमेन्ट, उत्पादन तथा प्रशोधन र म्युचुअल फन्ड उपसूचक घटेका छन् ।

सबैभन्दा धेरै वित्त उपसूचकका लगानीकर्ताले कमाएका छन् । मंगलबार सानिमा जीआईसी इन्स्योरेन्स र सूर्योदय वामी लघुवित्तको मूल्य सकारात्मक सर्किट लेबलमा बढ्यो । शिवश्री हाइड्रो, गुहेश्वरी मर्चेन्ट बैंक, मल्टिप्रपोप फाइनान्सको मूल्य समेत धेरैले बढेको छ । मैलुङ खोला जलविद्युतको मूल्य सबैभन्दा धेरै ५.४८ प्रतिशतले घटेको छ ।

मंगलबार नेपाल टेलिकम, शिवश्री हाइड्रो, अपी पावर, अपर तामाकोशी लगायत कम्पनीको धेरै कारोबार भएको छ ।