देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

क्यार्लिफोर्नियामा फेरि गोलीकाण्ड, सात जनाको मृत्यु

देशान्तर

अमेरिकाको क्यार्लिफोर्नियामा फेरि गोली चलेको छ ।

उत्तरी क्यालिफोर्नियामा दुई ठाउँमा भएको गोलीकाण्डमा अहिलेसम्म सात जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार हाफ मुन बे सहरमा चिनियाँ मूलका अमेरिकी नागरिकले सञ्चालन गरेका दुई वटा निजी फर्ममा गोली चलेको हो ।
घटनामा धेरै व्यक्ति घाइते भएका छन् । प्रहरीले एक जना संदिग्धलाई हिरासतमा लिएको छ ।

आज गोली चलाउने संदिग्ध व्यक्तिको कार घटनास्थलबाट केही पर पार्किङमा फेला पारेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार गोलीबारीमा प्रयोग गरिएको बन्दुक कारबाट बरामद भएको छ ।

दुुई दिनअघि दक्षिणी क्यालिफोर्नियाको लस एन्जलस नजिकै भएको गोलीकाण्डमा ११ जनाको मृत्यु भएको थियो ।