देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुनको मूल्यमा नयाँ रेकर्ड

देशान्तर

काठमाडौँ – नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्यले नेपाली बजारमा नयाँ रेकर्ड कायम गरेको हो ।

महासंघका अनुसार सोमबार प्रतितोला एक लाख ५ हजार ३ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार एक हजार रूपैयाँले बढेर एक लाख ६ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

यो हालसम्मकै उच्च मूल्य हो । यसअघि सुनको मूल्य २०७८ फागुन २५ गते अहिलेसम्मकै उच्च १ लाख ५ हजार ५ सय रूपैयाँ कायम भएको थियो ।

तेजावी सुन प्रतितोला १ लाख ५ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य मंगलबार १५ रूपैयाँले घटेर १ हजार ३६५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।