देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आर्थिक संकट: श्रीलंकाले सैनिक संख्या घटाउने


आर्थिक संकटमा फसेको दक्षिण एसियाली राष्ट्र श्रीलंकाको अझै समस्या समाधान हुन सकेको छैन ।

श्रीलंका खास गरेर चीनको ऋणको पासोमा परेको हो । अहिले त्यहाँ ५७ प्रतिशत मुद्रास्फिीति रहेको छ ।

आर्थिक समस्याका कारण खाद्यान्न र औषधिको चरम अभाव छ । जसका कारण श्रीलंकाले सुरक्षा व्यवस्थामा सम्झौता गर्न बाध्य भएको जनाइएको छ ।

आर्थिक संकटबाट पार पाउनका लागि श्रीलंकाले अहिले रहेको दुई लाख सैनिकबाट एक तिहाइले घटाउने योजना बनाएको हो ।

अहिले १ लाख ३५ हजार सेना हुने छन् भने यो संख्या सन् २०३०मा १ लाखमा झारिने छ ।

श्रीलंकाका पूर्व राष्ट्रपति गोटाबाया राजापाक्षेले चीनबाट ठूलो मात्रामा ऋण लिएका थिए ।

त्यही ऋणको दुष्चक्रमा श्रीलंका फसेपछि सत्ताच्युत हुन पुगेका थिए ।

श्रीलंकामा बिरामीको अवस्था नाजुक छ ।

क्यान्सरजस्ता गम्भीर रोगका बिरामीले औषधि पाएका छैनन् ।

मुख्य क्यान्सर अस्पतालमा औषधिको चरम अभाव छ ।

सरकारी चिकित्सक संघका प्रवक्ता वासन रत्नसिङ्घमले भने, ‘ओपीडीमा प्यारासिटामोल, भिटामिन सी र सलाइनजस्ता आधारभूत औषधिसमेत पाइँदैन ।

क्यान्सर र आँखा अस्पताल जस्ता विशेषज्ञ सुविधाहरू चन्दामा सञ्चालित छन् ।