देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जडीबुटी मिसाएको खाजा खाँदा जुम्लामा एकको मृत्यु, ३ जना बिरामी

देशान्तर

काठमाडौं –  जडीबुटी मिसाएको खाजा खादा जुम्लामा एक जनाको मृत्यु भएको छ, भने तीन जना बिरामी भएका छन् । चन्दननाथ नगरपालिका–८ रोकायावाडामा खाजा खाने क्रममा बिरामी भएका चार जनामध्ये ३५ वर्षीय दीपक रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ ।

प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दका अनुसार चन्दननाथ ८ का तिल धरालाको घरमा बनाउने क्रममा खाजा खादा बिरामी भई अस्पताल आएकामध्ये दीपक रोकायाको मृत्यु भएको र ३८ वर्षीय तिल रोकाया, २८ वर्षीय टंक रोकाया, ३० वर्षीय पारस धराला बीरामी भएका छन् ।

बिरामीहरूको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आईसीयू कक्षमा उपचार भइरहेको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।