देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पराजुलीलाई प्रधानन्यायाधीशमा रोक्न सर्वोच्चमा रिट

देशान्तर

काठमाडौँ । सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश गोपाल पराजुलीलाई प्रधानन्यायाधीशको पदमा सिफारिस नगर्न आदेशको माग गर्दै रिट निवेदन दायर गरिएको छ ।

राष्ट्रपति कार्यालय, संसदीय सुनुवाइ समिति, सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश पराजुली, संवैधानिक परिषद्, न्याय परिषद्लाई विपक्षी बनाई अधिवक्ता विकास गिरीले सो रिट निवेदन दायर गरेका हुन् ।

नागरिकता र शैक्षिक योग्यतासम्बन्धी विवाद भएका न्यायाधीशलाई प्रधानन्यायाधीशमा सिफारिस नगर्न रिट निवेदनमा आदेशको माग गरिएको छ ।

भावी प्रधानन्यायाधीश पराजुलीको शैक्षिक प्रमाणपत्र र उमेरसम्बन्धी विषयमाथि नै प्रश्न उठ्नु सामान्य विषय नभएको जनाउँदै विवादित त्यस्ता विषयमा आफैले वस्तुनिष्ठ प्रमाण पेस गर्नुपर्ने उल्लेख गरिएको छ ।

प्रधानन्यायाधीश सुशीला कार्कीको कार्यावधि यही जेठ २४ गते सकिँदैछ । प्रधानन्यायाधीशको कार्यकाल सकिन एक महिनाअघि नै संवैधानिक परिषद्ले नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्नुपर्ने व्यवस्था छ, तर अझसम्म हुन सकेको छैन ।