काठमाडौं – प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि घरेलु टोली प्रदेश १ र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुने भएको छ । शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनलमा एपीएफलाई ८ विकेटले हराउँदै प्रदेश १ ले सुदूरपश्चिमसँगको भेट निश्चित गरेको हो ।
शुक्रबार विहान भएको पहिलो सेमिफाइनलमा सुदूरपश्चिमले मधेश प्रदेशलाई ११४ रनले पराजित गरी फाइनलमा पुगेको थियो । फाइनल खेल शनिबार हुनेछ ।
प्रतियोगिताको विजेताले ५ लाख र उपविजेता टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले ३० हजार तथा उत्कृष्ट ब्याटर र बलरले जनही २० हजार पाउनेछन् ।
प्रतिक्रिया