देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसले उपसभामुखबारे सत्तामा नरहेका दलसँग छलफल गर्ने

देशान्तर

काठमाडौं – नेपाली कांग्रेसले उपसभामुखको उम्मेदवारका बारेमा सत्तामा नरहेका अन्य दलसँग छलफल गर्ने भएको छ । शुक्रबार बसेको कांग्रेसका शीर्ष नेताको बैठकमा अन्य दलसँग छलफल गर्ने सहमति भएको हो ।

सत्तामा नरहेका अरु दलले उम्मेदवार नदिए आफ्नै दलबाट उम्मेदवार उठाउने भन्दै बैठकमा केही नाममा छलफल भएको छ ।

केन्द्रीय सदस्यहरु समेत रहेका सांसदहरु अम्बिका बस्नेत, सरिता प्रसाईं, मुक्ताकुमारी यादव लगायतको नाममा चर्चा भएको थियो ।बैठकमा मुक्ता कुमारी यादवलाई उम्मेदवार बनाउने विषयमा बढी चर्चा भएको छ ।

कांग्रेसले सभामुखमा पनि महिलालाई उम्मेदवार बनाएको थियो ।

संसद सचिवालयले शुक्रबार उम्मेदवारको मनोनयन दर्ता र शनिबार उप सभामुखको निर्वाचन गर्ने कार्यतालिका बनाएको छ । सत्ता गठबन्धनका तर्फबाट उपसभामुख पाएको राष्ट्रिय स्वतन्त्र पार्टीले इन्दिरा राना मगरलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।