काठमाडौं – काठमाडौंको चोभारमा कार दुर्घटनामा परि बेपत्ता भएका एक जनाको शव फेला परेको छ । कीर्तिपुर नगरपालिका–६ चोभारस्थित जलविनायक पुल नजिकै बागमती नदीको किनारमा कार खस्दा बेपक्ता बनेका राजकुमार खत्रीको शव प्रहरीले दुई दिनपछि फेला पारेको हो ।
सशस्त्र प्रहरी बलको गोताखोरको टोलीले बिहीबार खत्रीको शव फेला पारेको सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।
माघ २ गते बा ५ च ५६५४ को कार नदी किनारमा दुर्घटना हुँदा ४० वर्षका खत्री बेपत्ता भएका थिए भने ४० वर्षकी अम्बिका लामिछाने घाइते भएकी थिइन् ।
बेपत्ता खत्रीलाई खोज्न सशस्त्र प्रहरी बलको निलबाराही गणं, विपद् उद्धार गणको गोताखोरसहितको टोली खटिएको थियो । उनको शव दुर्घटना स्थलदेखि १०० मिटर तल भेटिएको डीएसपी थापाले बताए ।
प्रतिक्रिया