देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

स्वास्थ्य क्षेत्रमा रहेको जनशक्ति अभावलाई चाँडै परिपूर्ति गर्छौ: डा. तोषिमा कार्की

देशान्तर

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोषिमा कार्कीले स्वास्थ्य क्षेत्रमा रहेको जनशक्तिको अभावलाई चाँडै परिपूर्ति गर्ने बताइन् । बिहीवार वीर अस्पतालमा क्याथ ल्याबको उद्घाटन गर्दै उनले उपकरण, सिटि स्क्यान, एमआरआईको कमीलाई अब चाँडै पूर्ति गर्नेकुरामा मन्त्रालय लाग्ने बताइन् ।

उनले भनिन्, ‘जनशक्तिको कमी भएका कुरा, उपकरण, सिटि स्क्यान, एमआरआईको कमीका कुराहरु आएका छन् । साथै आजबाट शुरु हुन लागेको क्याथ ल्याबमा पनि केही मेसिनहरुको समस्या रहेको कुरा आएको छ, यसमा हाम्रो ध्यानाकर्षण भएको छ । यसमा अध्ययन गर्नेछौँ, के गर्नुपर्छ हामी गर्नेछौँ । दरबन्दीको लागि के गर्न सकिन्छ, लोकसेवा परीक्षा चाँडो गराएर स्थायी दरबन्दी बढाउने कुरामा अघि बढ्नेछौँ ।’

मन्त्री कार्कीले लोकसेवाको परीक्षा चाँडो गराएर आवश्यक स्थायी दरबन्दी बढाउने कुरामा सरकार लाग्ने बताइन् ।