देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

स्वास्थ्य सेवाको पहुँच बिस्तार गर्न सबै एकजुट हुनुपर्छः स्वास्थ्यमन्त्री

देशान्तर

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले स्वास्थ्य सेवाको पहुँच बिस्तार गर्न सम्बन्धित निकायहरु एकताबद्ध भएर काम गर्नुको विकल्प नरहेको बताएका छन् ।  बिहीबार वीर अस्पतालमा क्याथ ल्याबको उद्घाटन गर्दै मन्त्री गिरीले देशमा अहिले पनि स्वास्थ्य सेवा सीमान्तकृत र गरिब जनतासम्म पुग्न नसकेको भन्दै स्वास्थ्य सेवाको पहुँच बिस्तार गर्न आवश्यक रहेको बताए ।

उनले उपचार नपाएर मर्नुपर्ने बाध्यतालाई हटाउन सक्नुपर्ने बताए । उनले स्वास्थ्य सेवाको पहुँच बिस्तार गरी गुणस्तरीय सेवा प्रवाहका लागि मन्त्रालयले आवश्यक नीतिगत सुधार गरेर अघि बढ्ने प्रतिबद्धता जनाए ।  उनले सरकारी अस्पतालमा ल्याबमा हुने उपकरणहरु चाँडै बिग्रिने र बाहिर उपचार गर्न जानुपर्ने बाध्यता रहेको भन्दै यस्ता कुराहरु हटाएर गुणस्तरीय सेवा प्रवाहमा ध्यान दिन निर्देशन दिए ।

मन्त्री गिरीले जनशक्तिको अभावलाई आवश्यक बजेट विनियोजित गरेर मन्त्रालय गुणस्तरीय स्वास्थ्य सेवा बिस्तारमा लाग्ने पनि बताए ।