काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले केपी शर्मा ओलीले ढोक्सा थापेको आरोप लगाएका छन् । बिहीबार सभामुखको निर्वाचनपछि बाहिरिने क्रममा शर्माले भने, ‘ढोक्सा कांग्रेसले थापेको होइन । कमरेड केपी ओलीले थाप्नुभएको रहेछ ।’
प्रधानमन्त्रीलाई विश्वासको मत दिएर गल्ती त भएन भन्ने प्रश्नमा उनले विश्वासको मत दिनु कांग्रेको निर्णय आकाशै खस्ने खालको नभएको समेत बताए ।
ओलीले प्रधानमन्त्रीलाई विश्वासको मत कांग्रेसले दिएपछि माछा मार्नका लागि ढोक्सा थाप्ने जाल नरच्न आग्रह गरेका थिए ।
त्यसको जवाफ दिनुपर्ने भन्दै महामन्त्री शर्माले आफ्नो पार्टीको माछालाई जालमा पार्ने कुनै योजना नभएको स्पष्ट समेत परिसकेका छन् ।
प्रतिक्रिया