देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अबको २८ दिनपछि दोस्रो चरणको निर्वाचन

देशान्तर

काठमाडौं । सरकारले दोस्रो चरणका लागि आउँदो असार ९ गते निर्वाचन सार्ने निर्णय गरेकोमा फेरि एक हप्तापछि सार्ने भएको छ । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचन आयोगका पदाधिकारीलाई डाकेर सोसम्बन्धी छलफल गरेका थिए ।

मुस्लिम धर्मावलम्बीहरुको पर्व रमजानको मुख्य दिन असार ९ गते नै पर्ने भनेर सो समुदायका तर्फबाट समेत आपत्ति जनाइएपछि प्रधानमन्त्रीले आयोगका पदाधिकारीसँग छलफल गरेका हुन् ।

सरकारले दोस्रो चरणको निर्वाचन असार १४ गते बुधबार गर्ने तयारी गरेको र सो सम्बन्धी निर्णय आज बुधबार बस्ने मन्त्रीपरिषद बैठकले अनुमोदन गर्ने बुझिएको छ । नेपाल समाचारपत्रमा दैनिकमा समाचार छ ।