देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

छिट्टै मन्त्रीहरुको कार्यविभाजन हुन्छ: मुख्यमन्त्री कार्की

देशान्तर

काठमाडौं – प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले केही दिनभित्र मन्त्रीहरुको कार्यविभाजन हुने बताएका छन् । झापाको गौरादहमा बुधबार पत्रकारहरुसँग कुरा गर्दै उनले मन्त्रिपरिषद्मा रहेका सदस्यलाई आगामी सोमबारभित्र जिम्मेवारी तोकिने उल्लेख गरे ।

उनले सत्तासाझेदार दलहरुसँगको परामर्शमा कार्यविभाजन गरिने बताए । कार्कीले मन्त्रालयको सङ्ख्या नौ पु¥याइएको र त्यसैअनुसारको कार्यविभाजन गरिने बताए । मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषद्को विस्तारसँगै साझा कार्यक्रम ल्याइने र सोहीअनुसार प्रदेश सरकारले काम अघि बढाउने बताए ।

उनले सुशासन कायम राख्नका लागि सरकारले काम अघि बढाउने बताए । मुख्यमन्त्री कार्कीले आम सहमतिका आधारमा प्रदेशको नामाकरण गरिने र त्यसका लागि प्रदेशसभामा रहेका सबै दलबीच सहमति कायम राख्ने अधिकतम कोसिस गरिने जानकारी गराए ।