प्यूठान । चट्याङ लागेर प्यूठानमा मंगलवार बिहान बाबु छोरीको ज्यान गएको छ । सरुमारानी गाउँपालिका २ स्थित गनहाखोलाका ५५ वर्षीय हरिभक्त सुनार र उनकी १२ वर्षीया छोरी सरिता सुनारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार घरमा बसिरहेका बेला एक्कासी चट्याङ लागेर उनीहरुको ज्यान गएको हो । सोमवार देखि जिल्लामा पानी र परिरहेको छ ।
प्रतिक्रिया