देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जसपा सरकारमा नजाने 

देशान्तर

जनता समाजवादी पार्टी (जसपा) ले मन्त्रालय भागवण्डाप्रति असहमति जनाउदैँ सरकारमा नजाने भएको छ । यहि अवस्थामा सरकारमा नजाने जसपाले अडान लिएको छ ।

सोमबार बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी भएपनि भागवण्डा नमिलेपछि सरकारमा सहभागि नहुने बताएका छन् ।

एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुले जसपालाई २ वटा मन्त्रालय लिन आग्रह गरेका थिए ।

तर यादवले अस्वीकार गरेका छन् ।

यादवले ‘भागवण्डाको विषयमा जसपाको असहमति रहेको भन्दै ही हालतमा सरकारमा जान अस्वीकार गरेका हुन् ।

जसपा अध्यक्ष यादव प्रस्तावित मन्त्रीको संख्या र मन्त्रालयमा सन्तुष्ट भएका छन् ।

साथै राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख र राजनीतिक नियुक्तिबारे समेत प्याकेजमा सहमति हुनुपर्ने जसपाको अडान छ ।

जसपाले उपराष्ट्रपति लिन चाहेको छ, तर माओवादी तयार छैन ।

सत्ता साझेदार दलहरुले जसपासँग समझदारी कायम गर्ने जिम्मा माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ ।।