काठमाडौँ – मन्त्रालयको भागबण्डालाई पूर्णता दिन सत्ता साझेदार दलहरूको बैठक बालुवाटारमा शुरू भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकले मन्त्रालय भागबण्डाको टुंगो लगाउने छ ।
सोमबार मन्त्रालयको भागबण्डा मिलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच करिब पाँच घण्टा ओली निवास बालकोटमा छलफल भएको थियो ।
उक्त छलफलले सभामुख, उपसभामुखसहित मन्त्रालयको भागबण्डा मिलाइसकेको छ । सोही संवाद र सहमतिको आधारमा बैठक बोलाइएको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्लाई आजै पूर्णता दिने तयारी गरिरहेका छन् ।
प्रतिक्रिया