देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सिटिजन्स बैंकको थप २ शाखा मधेश प्रदेशमा

देशान्तर

काठमाडौं – सिटिजन्स बैकको थप २ वटा नयाँ शाखा मधेश प्रदेशमा सञ्चालन भएको छ । सिटिजन्स बैक इन्टरनेशनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो १८१ औं तथा १८२औं शाखा मधेश प्रदेश अन्तर्गत सर्लाहीको बरहथवामा र वीरगन्जको कृष्ण प्रणामी चोकमा गरी थप २ वटा शाखाहरु संचालनमा ल्याएको हो ।

यससंगै मधेश प्रदेशको सबै जिल्लामा यस बैंकको उपस्थिती पुगेर जम्मा २९ वटा शाखाहरु संचालनमा रहेका छन् । सुविधा सम्पन्न यस शाखाहरु मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको छ ।

सुविधा जनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, एटिएमसेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ ।