देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बैंकिङ काउन्टर दिउँसो १ः३० बजेसम्म खुल्ने

देशान्तर

काठमाडौं – पोखरामा भएको विमान दुर्घटनाको क्रममा सरकारले सोमबार सार्वजनिक बिदा दिए पनि बैंकिङ काउन्टर केही समय खुल्ने भएको छ । सरकारले अत्यावश्यक सेवाबाहेक देशभर शोक बिदा दिने तथा सोमबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको थियो ।

सोमबार बिदा रहे पनि नगद कारोबार, चेक क्लियरिङ, आरटिजिएसलगायतका अत्यावश्यक सेवा खुला हुने केन्द्रीय बैंकले जनाएको छ ।

बिहान १० देखि १ः३० बजेसम्म इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरूले आवश्यक विभाग तथा कार्यालय खुला राखी सेवा सुचारु गर्न पाउने राष्ट्र बैंकले जनाएको छ ।