रियल मड्रिडलाई ३–१ ले हराउँदै बार्सिलोनाले स्पेनिस सुपर कप फुटबलको उपाधि जितेको छ ।
आइतबार राति भएको फाइनलमा बार्सिलोनाको जितमा गाभी, रोबर्ट लेवान्डोस्की र पेड्रीले एक एक गोल गरे ।
रियलका करिम बेन्जिमाले एक गोल फर्काए ।
खेलको ३३ औं मिनेटमा गाभीले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाए ।
४५ औं मिनेटमा लेवान्डोस्कीले दोस्रो गोल गरे । ६९ औं मिनेटमा पेड्रीले गोल गर्दा बार्सिलोना जिततर्फ बढेको थियो ।
खेलको इन्जुरी समयमा बेन्जिमाले अग्रता ३–१ मा झारेका थिए ।
प्रशिक्षक जाभि होर्नान्डेजको प्रशिक्षणमा बार्सिलोनाले पाँच वर्षपछि सुपर कपको उपाधि जितेको हो ।
प्रतिक्रिया