देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसका ‘मतचोर’लाई छिटो खोजौं छिट्टै लघारौं


यस अघिसम्म ‘समानुपातिकमा कांग्रेसको मत कता गयो भन्ने भन्ने एउटा व्यापक चासोको विषय थियो । धेरैका धेरै खालका अनुमान रहे । कसैले आफ्नै कारणले मतदातालाई बुथसम्म पु¥याउने उपयुक्त वातावरण नबनाइएको अनुमान गर्नुभयो भने कतिपयले कतिपय अनुहारलाई मतदिन नचाहँदा यो स्थिति आएको निष्कर्ष सुनाउनु भयो । पछिल्लो समय कांग्रेस निर्वाचन अनुगमन समितिले दिएको प्रतिवेदनले भने कांग्रेसका शुभचिन्तक धेरैलाई गम्भीर बनाएको हुनुपर्छ । त्यो प्रतिवेदनमा भनिएको छ कांग्रेसको समानुपातिकको मत रास्वपाले खोस्यो ।

यसको अर्थ हो कांग्रेसको घरभित्र चोर पसिसकेको छ । यो प्रतिवेदनको यो निष्कर्षको औपचारिक अर्थ त्यही हो ।

आमनिर्वाचन २०७९ मा नेपाली कांग्रेसले समानुपातिकतर्फ विगतभन्दा ७ प्रतिशत कम मात्रै मत पाएकोे अवस्था छ । यसमा बढेको कुल मतको अंक जोडिँदा गुमेको अंक झन् बढी हुन्छ । त्यसो भए कांगे्रसका पक्षमा यति ठूलो अंकले मत घटेको सन्दर्भ जताततै प्रश्नका रूपमा उठ्न थालेपछि विगतमा आफूले प्राप्त गर्दै आएको मत राष्ट्रिय स्वतन्त्र पार्टीले खोसेको निष्कर्ष निकालेको हो । कांग्रेस निर्वाचन अनुगमन तथा पर्यवेक्षण समितिले सभापतिलाई बुझाएको प्रतिवेदनमा सहरी क्षेत्रका मतदाताको मत राष्ट्रिय स्वतन्त्र पार्टीले खोसेको उल्लेख छ ।

यो विवरण समितिका सहसंयोजक तथा कांग्रेसका प्रमुख सचिव कृष्णप्रसाद पौडेलले नै कार्यकर्तालाई बताउनु भएको हो । उहाँका अनुसार सहरी क्षेत्रका युवा मतदाता राष्ट्रिय स्वतन्त्र पार्टीमा आकर्षित हुँदा कांग्रेसको समानुपातिक मत घट्न गयो । ‘सबैभन्दा धेरै सहरी क्षेत्रका युवा मतदाताको मत गुमेको छ । त्यसबाहेक पहाडी र हिमाली जिल्लामा समेत विगतमा कांग्रेसले प्राप्त गर्दै आएको मत रास्वपाले खोसेको देखिन्छ । पार्टीले सहरी क्षेत्रमा युवालाई आकर्षित गर्ने योजना अघि सार्न नसक्दा सहरी क्षेत्रको धेरै मत गुमेको उहाँको बुझाइ छ ।

जिल्लागत रूपमा हेरियो भने पनि समानुपातिक मतमा कांग्रेस निकै पछि रहेको देखिएको छ । निर्वाचन परिणामपछि विभिन्न समाचार विवरणमा प्रस्तुत भएका विवरणले समानुपातिक मतमा एमाले ४६ जिल्लामा पहिलो हुँदा कांग्रेस २२ जिल्लामा मात्रै पहिलो स्थानमा छ । प्रतिनिधिसभा क्षेत्रगत हिसाबले तुलना गर्दा एमाले ७४ क्षेत्रमा पहिलो बनेको छ भने कांग्रेस ५५ क्षेत्रमा मात्रै पहिलो छ । त्यस्तै, माओवादी केन्द्र ५ जिल्ला र ९ क्षेत्रमा मात्रै पहिलो दल छ भने राष्ट्रिय स्वतन्त्र पार्टी २ जिल्ला र १५ क्षेत्रमा पहिलो दल छ । समानुपातिक मतमा जनमत पार्टी २ जिल्ला र ६ निर्वाचन क्षेत्रमा पहिलो दल छ । जसपा पाँच क्षेत्र र राप्रपा एक क्षेत्रमा पहिलो दल बनेका छन् ।
अध्ययनमा चढेका यी जिल्ला र क्षेत्रमा यता प्रत्यक्षतर्फ भने मत बढेका छन् । यसको अर्थ के भयो भने बुथमा पुग्नुभएका कांग्रेसका मतदाताले समेत समानुपातिकमा अपेक्षाकृत मत हाल्नु भएन ।
त्यसै कारण होला निर्वाचन परिचालन समितिले समेत समानुपातिक मत बढाउन पार्टीले विभिन्न रणनीति अपनाउनुपर्ने सुझाव दिएको छ । भनिएको छ, ‘संगठन विस्तारमा पार्टीले केन्द्रीय नीति, अनुसन्धान र प्रशिक्षण प्रतिष्ठानलाई पूर्णता दिने, केन्द्रीय विभागहरूलाई तुरुन्त पूर्णता दिने र विधानबमोजिम गठन भएका भ्रातृ तथा शुभेच्छुक संस्थाहरूको नेतृत्व चयन गरेर संगठन परिचालन गर्नुपर्ने देखिन्छ, ।’
उल्लेखित विवरण कांग्रेसको अध्ययन अन्तर्गतको हो । मत चेरिनेमा सबै दल पर्छन् । पूर्वन्यायाधीशको एउटा अध्ययनले त यो निर्वाचनमा प्रत्यक्ष तर्फ पनि मत चोरिएको देखाएको छ । यो सबै दलको कुरा हो तर नेपाली कांग्रेसका लागि यसको छुट्टै अर्थ रहन्छ ।
एक पूर्वन्यायाधीश (बलराम केसी) का अनुसार कांग्रे्रस एमालेले प्रत्यक्षतर्फको जनमतको ठूलो प्रतिशतबाट पराजित भएको अवस्था छ । उहाँका अनुसार खासगरी प्रत्यक्षतर्फ यी दलले पाएको मतमा त्यस्तो पराजय प्रकट भएको हो । संविधानले प्रत्यक्षतर्फ १६५ सिट छुट्याएको छ । यो संख्या जितहारको हिसाबको आधार हुन सक्दछ । एमाले अध्यक्षले त प्रत्यक्षतर्फको यो १६५ सिटमध्ये मिडियामा १०० सिट जित्ने ठोकुवा गर्नुभएको थियो तर आयो ४४ सिटमात्रै । यो पक्षबाट हेरियो भने एमालेको पराजयको प्रतिशत धेरै माथि हुन्छ । यो भनेको हारको भार ७५ प्रतिशतको हो ।

कांग्रेस प्रत्यक्षतर्फ १६५ मध्ये ५७ सिट जितेको छ । यो भनेको कांग्रेसले करिब ६५ प्रतिशतले हारेको हो । यस्तो वौद्धिक वर्गको प्रत्यक्षतर्फ १६५ मध्ये १८ सिट पाएको माओवादीको कति प्रतिशतको हार हो भन्ने हिसाब नगर्दा पनि भयो । पराजयको उल्लेखित प्रतिशतको यो हिसाबले सम्बन्धित दलको हैसियत अर्थात् आकारप्रकार यस रूपले घटेको बुझाउँछ । तर उता सम्बन्धित दलका यिनै नेतामा झन् ठूलो शक्ति गयो । वास्तवमा नेता, नेतृत्व र दलको हैसियत प्रत्यक्ष निर्वाचनबाट प्राप्त सम्बन्धित दलका उम्मेदवारले पाएका मतबाट हुनुपर्ने हो ।

दुई चुनावको तुलना
मंसिर ४ मा सम्पन्न चुनावमा दलको अवस्था कस्तो रह्यो भन्ने अघिल्लो र हालैका दुई चुनावका परिणाम हेरे पुग्छ । यो आम निर्वाचन २०७९ को समानुपातिकतर्फको कुल मत १ करोड ५ लाख ६० हजार ८२ थियो । यो संख्याबाट नै समानुपातिक तर्फका मत बाँडफाँट भएका हुन् ।

निर्वाचन आयोगले आफ्नो आधिकारिक वेबसाइटमा राखेको समानुपातिक नतिजाअनुसार यो चुनावमा सबैभन्दा धेरै मत नेकपा एमालेले ल्याएको छ । तर अघिल्लो पटक भन्दा घटेको छ । यो चुनावमा एमालेले २८ लाख ४५ हजार ६४१ मत पाएको छ । प्रत्यक्षतर्फ अघिल्लो वर्ष ८० सिट जितेको उसले यो पटक ४४ सिटमात्रै पायो । समानुपातिकतर्फ पाएको मतका आधारमा समेत उसका प्रतिनिधिसभाका सांसद संख्या ७८ पुगेका हुन् । २०७४ को निर्वाचनमा यो दलले ३१ लाख ७३ हजार ४९४ मत ल्याएर ४१ सिट पाएको थियो । अघिल्लो निर्वाचनमा पाएको मतको तुलनामा यो पटक एमालेको ३ लाख २७ हजार ८५३ मत कम आयो जसले उसलाई समानुपातिकमा ३४ सिटमात्र दिलायो । अघिल्लो चुनावमा दुवैतर्फ प्राप्त भएको १२१ सिट संख्याबाट यो पटक ४३ सिट घटेको छ ।

संसद्मा पहिलो दल बनेको नेपाली कांग्रेसमा भने स्थिति अलिकति भिन्न हो नै । यो निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ ५७ सिट पाएको छ । अघिल्लो निर्वाचनमा २३ सिट जितिइएको थियो । त्यसको तुलनामा यो पटक ३४ सिट बढी ल्याएको हो । तर यता कांग्रेसको पनि यो निर्वाचनमा समानुपातिकतर्फको लोकप्रिय मत चार लाखभन्दा बढीले घट्न गयो भने समानुपातिकमा आठ ओटा सिट गुमे । यो पटक कांग्रसेले २७ लाख १५ हजार २२५ मत ल्याएको छ । प्रत्यक्ष र समानुपातिक दुवैतर्फ गरी कांग्रेस ८९ सिटसहित पहिलो दल बन्यो ।

तर अघिल्लो निर्वाचनमा समानुपातिकतर्फ ३१ लाख २८ हजार ३८९ मत पाएकोमा यो पटक पहिलाको तुलनामा ४ लाख १३ हजार १६४ मत कम पायो ।
यता विगतको भन्दा मतदाता सख्या बढेको छ र उता विगतको भन्दा मत चाहिँ घटेको छ भने चोरिएको संख्याको अंक ठूलो हुन्छ जसले आगमी निर्वाचनमा पनि विशेष सतर्कता अपनाइएन भने झन् बढी चोरिने स्थिति आजकै दिनमा पनि आकलन हुन्छ । यो सन्दर्भ अहिले चर्चामा ल्याउनुको कारण पनि कांग्रेसको मतचोरी भएको अवस्थाबाट कसरी जोगिने जोगाउने भन्ने नै हो ।

चुनावलगत्तै कांग्रसका प्रवक्तामार्फत खासगरी समानुपातिकतर्फ मत घट्नुको कारणबारे संक्षिप्त विश्लेषण आए । उहाँका अनुसार विविध कारण देखाएर असहयोग गर्ने प्रवृत्ति समानुपातिकमा पनि प्रकट भयो । ०७४ सालको निर्वाचनमा हामी समानुपातिकतर्फ प्रतिनिधि सभामा ४० सिट जितेका थियौं । कांग्रेस समर्थक धेरै भएका काठमाडौंलगायतका क्षेत्रमा गठबन्धनका अन्य दलका उम्मेदवार उठाउनुलाई हाम्रा मतदाताले स्वाभाविक रूपमा लिएनन् । त्यो कारणले पनि मतदाताहरू मतदान केन्द्रसम्म गएनन् । अर्को, सहरिया युवा पंक्तिले स्थापित दलहरूबाट चाँडोचाँडो आर्थिक रूपान्तरणको अपेक्षा गरेको थियो । नेकपा नेतृत्वको तीनवर्षे शासनले युवामा निराशा बढाएको थियो । त्यसको मूल्य पनि कांग्रेसले चुकाउनुपर्‍यो ।

त्यसले गर्दा सहरिया युवा मतदाताको मत राष्ट्रिय स्वतन्त्र पार्टीमा गयो । त्यसले गठबन्धन र विशेष गरी कांग्रेसलाई घाटा भयो । सबै ठाउँमा पार्टीका उम्मेदवार थिएनन् । १६५ वटा निर्वाचन क्षेत्रमध्ये ६१ ठाउँमा प्रतिनिधिसभा र प्रदेशसभामा कांग्रेस उम्मेदवार थिएनन् । उम्मेदवार नभएपछि पार्टी संरचना जुन तीव्रताका साथ परिचालन हुनुपर्ने हो, त्यो भएन । एकातिर मतदाताहरू मतदान केन्द्रसम्मै पुगेनन् भने पुग्नेहरूमध्ये पनि सबैले पार्टीलाई भोट दिएनन् । यस पटक समानुपातिकमा पनि पार्टीलाई मत नदिने प्रवृत्ति देखियो । पार्टीभित्र यी यी उम्मेदवारलाई जिताउन किन भोट दिने भन्ने अभियानै चल्यो । यो खतरनाक प्रवृत्ति हो ।

आम निर्वाचन २०७९ सम्पन्न भएको ६० दिन बित्न लाग्दाको समयमा यी ्पंक्ति जोडिएका हुन । यो समयमा कांग्रेसका मत चोरिए भन्ने धेरै तिरबाट प्रस्ट भइसकेका छन् । यसले भविष्यमा सुध्रने र मतचोरीलाई रोक्ने कार्ययोजना पनि खोज्न थालेको बुझाउ छ ।