देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्री कप महिला क्रिकेट: एपीएफको विजयी सुरुवात

देशान्तर

काठमाडौं – प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा विभागीय टोली एपीएफले विजयी सुरुवात गरेको छ । सुनसरीको इटहरीमा शनिबार भएको पहिलो खेलमा एपीएफले गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गरेको हो ।

टस हारेर पहिला ब्याटिङ गरेको गण्डकीले एपीएफलाई ५२ रनको लक्ष्य दिएको थियो ।

एपीएफले ८ ओभर ४ बलमा ३ विकेट गुमाएर भेट्टायो । एपीएफकी कप्तान सीता राना मगरले अविजित १९ रन तथा रोमा थापाले १४ रन जोडिन् । गण्डकीकी सृष्टि जैसीले ३ विकेट लिइन् ।

त्यसअघि गण्डकीले २० ओभरमा ७ विकेट गुमाएर ५१ रन बनाएको थियो । त्यसअघि पहिले ब्याटिङ गरेको गण्डकीले २० ओभरमा ७ विकेट गुमाएर ५१ रन जोडेको थियो । गण्डकीकी कप्तान सृष्टि जैसीले सर्वाधिक १४ रन बनाइन् । एपीएफकी सुमन विष्टले ३ विकेट लिइन् ।

जितसँगै एपीएफले २ अङ्क जोडेको छ ।

शनिबारै हुने दोस्रो खेलमा कर्णाली प्रदेश र लुम्बिनी प्रदेश खेल्दैछन् । खेल दिउँसो १ बजेदेखि सुरु हुनेछ ।