अमेरिकाको क्यालिफोर्नियामा आँधीका कारण मृत्यु हुनेको संख्या १७ पुगेको छ ।
आँधीबाट ठूलो भौतिक संरचनामा क्षति पुगेको छ ।
आँधीपछिको वर्षाबाट बाढी र पहिरो गएको थियो ।
बाढीले सडक भत्किएका र पोलहरु ढलेका छन् ।
आँधीबाट दक्षिणी क्षेत्र सबैभन्दा बढी प्रभावित छ ।
त्यहाँबाट हजारौँ मानिसलाई उद्धार गरेर अन्यत्रै लगिएको छ ।
आँधी अरु केही दिनसम्म रहनसक्ने भन्दै यहाँको राज्य सरकारले सावधानी दर्शाएको छ ।
सन् २०१८ को जनवरीमा आएको आँधीमा कम्तीमा २३ जनाको मृत्यु भएको थियो ।
प्रतिक्रिया