अमेरिकाले अफगानिस्तानको राजधानी काबुलमा भएको पछिल्लो हमलाको निन्दा गरेको छ ।‘
हामी काबुलमा भएको आतङ्कवादी हमलाको कडा शब्दमा निन्दा गर्दछौं’, अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले भने ।
बुधबार भएको विस्फोटमा मृत्यु हुनेको संख्या १० पुगेको छ ।
विदेशमन्त्रालय बाहिर आत्मघाती विस्फोट गराइएको थियो ।
विस्फोटमा ४० जना घाइते भएका थिए ।
घटनाको अन्तर्राष्ट्रिय समुदायले आलोचना गरेको छ ।
प्रतिक्रिया