देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

देशान्तर

काठमाडौं – गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले शुक्रबार विश्वासको मत लिँदैछन् । २५ गते मुख्यमन्त्री नियुक्त भएका अधिकारीले दिउँसो १ बजे विश्वासको मत लिने कार्यसूची तय भएको छ ।

एमालेका २२, माओवादीका ८, राप्रपाका २ र स्वतन्त्र सांसद दीपक मनाङेसहित ३३ जनाको समर्थनमा अधिकारी मुख्यमन्त्री नियुक्त भएका थिए । तर, मनाङेले विश्वासको मत भने अधिकारीलाई नदिने र प्रतिपक्षमा बस्ने बताएका छन् ।

६० सदस्यीय प्रदेश सभामा कांग्रेसका २७ सांसद छन् । नेपाली कांग्रेसलाई पनि पत्र पठाएर अधिकारीले विश्वासको मत दिन आग्रह गरेका थिए ।

एमाले अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर फर्किएका अधिकारीले विश्वासको मत लिएपछि मन्त्रीपरिषद विस्तारको तयारी गरेका छन् ।