देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रदेश १ का नवनियुक्त ३ मन्त्रीले लिए शपथ

देशान्तर

काठमाडौं – प्रदेश १ का नवनियुक्त तीन जना मन्त्रीले शुक्रबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । माओवादीबाट तेह्रथुम १(२) बाट निर्वाचित दुर्गाप्रसाद चापागाईं र मोरङ ६(१) बाट निर्वाचित जीवन आचार्य र एमालेबाट पूर्वप्रमुख सचेतक तथा सोलुखुम्बु १(२) बाट दोस्रोपटक प्रदेशसभा सदस्यमा निर्वाचित बुद्धिकुमार राजभण्डारीले प्रदेश प्रमुख परशुराम खापुङ समक्ष शपथ लिएका हुन् ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरी माओवादी केन्द्रका दुई र एमालेका थप एक गरी तीन जना मन्त्री नियुक्त गरेका हुन् । सोमबार प्रदेश १ मा मुख्यमन्त्री कार्कीले चार सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए ।

अब ७ सदस्यीय मन्त्रिपरिषद् भएको र विश्वासको मत लिएपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने बताए ।

अहिले मन्त्रिपरिषद्को कार्यविभाजन विश्वासको मत लिएपछि गर्ने मुख्यमन्त्री कार्कीले बताए ।