देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

“मानिसहरु मानसिक स्वास्थ्य प्रति सजग बन्दै”


पछिल्लो समय मानसिक स्वास्थ्य बारे खुलेर चर्चा गर्न थालिएको छ । विगतमा मानसिक स्वास्थ्यबारे खुलेर नबताउनेहरु अहिले खुलमखुला चिकित्सक र मनोपरार्शमा पुग्न थालेका छन् ।

मनोपरार्श सङ्ग विगतमा २–३ जना मात्र आउने गरेकोमा अहिले एक दिनमै ७–८ जना सम्म विरामी आफु सँग परामर्शमा आउने गरेको एक मनोपरार्शदाताले बताउनु हुन्छ ।

कोभिड – १९ पछि मानसिक स्वास्थ्य समस्या वढेको र आफ्नो भोेगाइ बारे खुलेर भन्नेहरुका कारण पनि जनचेतना बढ्दै गइरहेको चिकित्सकको भनाई छ ।

मानसिक समस्याले कुल उमेरको २३ प्रतिशत समय नै बर्बाद हुने गरेको छ । नेपालमा अधिकांश मानिसहरु समयमै उपचार नपाएर यसको शिकार भइरहेका छन् ।

मानसिक समस्याको उपचार, रोकथाम र पुनस्र्थापनाका लागि सरकारले नै विशेष पहल गर्नुपर्ने मनोविद् र चिकित्सकको भनाई रहेको छ ।

मानव शरीरमा रहेको विभिन्न किसीमको हर्मोनले मानव व्यवहारलाई प्रभावित गर्ने काम गर्छ, र मानवको सोच, विचार, भावनामा अस्वस्थभई व्यवहारमा नकरात्मक प्रभाव पारेको छ भने तत्कालै परामर्शदाताको सम्पर्कमा जानु पर्ने चिकित्सकहरु नै बताउँछन् ।

नेपालको तथ्याङ्क अनुसार ३० प्रतिशत नेपालीमा मानसिक समस्या रहेको छ । तर, सहजरुपमा मनोपरामर्शदाताको सहज उपलव्धता भने शहरमा मात्रै केन्द्रित देखिन्छ । सरकारले पनि मानसिक स्वास्थ्यका क्षेत्रमा काम गर्नका लागि पहल गर्ने प्रतिवद्धता जनाउँदै आए पनि यसको लागि बजेट निकै न्यून रहेको छ । सरकारले यस क्षेत्रका लागि जम्मा १ प्रतिशतमात्रै बजेट छुट्टयाएको छ ।

मानसिक स्वास्थ्यको नीति २०५३ मा पहिलो पटक मानसिक स्वास्थ्यको नीति जारी गरिएको थियो ।

प्रशिक्षार्थी पत्रकार, पद्मकन्या कलेज, पत्रकारिता विभाग ।