देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

खोटाङमा बालक्लबका पदाधिकारीका लागि पुनर्ताजगी तालिम सञ्चालन

देशान्तर

काठमाडौं – खोटाङमा बालक्लबका पदाधिकारीहरूका लागि पुनर्ताजगी तथा क्षमता अभिवृद्धि तालिम सञ्चालन भएको छ । जि फाउण्डेसनको आर्थिक तथा प्राविधिक सहयोगमा सिर्जनशील भरिया समाजले गुणस्तरीय शिक्षामा सुधार नामक परियोजना अन्तर्गत सिर्जनशील भरिया समाजको कार्यक्षेत्रमा गठित बालक्लबका पदाधिकारीहरूका लागि पुनर्ताजगी तथा क्षमता अभिवृद्धि सम्बन्धी तालिम ४ चरणमा सञ्चालन गरिरहेको छ ।

ऐसेलुखर्क–१, राखाबाङ्देलको कालिका मावि र सिद्दकन्या मावि, केपिलासगढी–६, दिप्सुङको रेणुका माबी र केपिलासगढी–७, सुङदेलको सुर्य माविमा गठित बालक्लबहरुबाट गरि जम्मा ४ वटा बालक्लबका २५ जना बालबालिका र ४ संरक्षक शिक्षकलाई पहिलो चरण अन्तर्गत पौष २२ गते देखी २५ गते सम्म पुनर्ताजगी तालिम दिइएको छ ।

दोस्रो चरण अन्तर्गत बालक्लबको पदाधिकारीहरूको क्षमता अभिवृद्ध सम्बन्धी तालिम पुनः ४ दिनको लागि संचालन भइरहेको सिर्जनशील भरिया समाजका गुणस्तरीय शिक्षा कार्यक्रम सहायक पुरुषोत्तम बर्देवाले जानकारी दिए । यस तालिममा केपिलासगढी–४ को जालपा मावि, कालिका जनजाग्रीती त्यसैगरी केपिलासगढी–५ को थर्पु मावि र छेराडाडा आबि मा गठित बालक्लबहरुबाट २५ बालबालिका सहित ४ संरक्षक शिक्षकहरूको उपस्थिति रहेको छ । काठमाण्डौ बाट गएका प्रशिक्षकहरुले तालिमहरु संचालन भइरहेका छन् ।

केपिलासगढी गाउँपालिका प्रमुख समीर राईको प्रमुख आतिथ्यता र सिर्जनशील भरिया समाजको कार्यक्रम अधिकृत निरञ्जना राईको अध्यक्षता मा पौष २२ गते बाट तालिमको औपचारिक सुरुवात भएको थियो ।

दोस्रो चरणको तालिम ३० गते सम्म सञ्चालन हुनेछ ।