काठमाडौं – नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ । मंगलबार संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको हो ।
प्रतिपक्षमा बस्नेगरि संविधानको रक्षाका लागि प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय भएको सहमहामन्त्री महेन्द्र यादवले जानकारी दिए ।
कांग्रेसको संस्थापन पक्ष प्रचण्डलाई विश्वासको मत दिने पक्षमा उभिँदा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले फरक मत राखेका छन् । यस्तै, बलबहादुर केसी र अर्जुननरसिंह केसीले पनि प्रचण्डलाई विश्वासको मत दिनेमा फरक मत राखेका थिए ।
प्रतिक्रिया