काठमाडौँ – प्रतिनिधिसभाको सोमबार बसेको पहिलो बैठक सकिएको छ ।
प्रतिनिधिसभाको दोस्रो बैठक भने मंगलबार बिहान ११ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।
विभिन्न राजनीतिक दलका नेता तथा प्रतिनिधिहरुले आ–आफ्नो भनाइहरु राखेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहालले सोही बैठकबाट प्रतिनिधिसभाको विश्वासको मत लिने जानकारी पनि गराउनु भएको थियो ।
प्रधानमन्त्रीका रुपमा समर्थन दिएका दलका सांसदहरुको पनि विश्वासको मत दिएपछि प्रधानमन्त्रीलाई संसद्ले म्याडेट दिएको प्रमाणित हुन्छ ।
प्रतिक्रिया