देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रदेश १ मा मुख्यमन्त्री कार्कीसँगै ३ मन्त्रीले लिए शपथ

देशान्तर

काठमाडौं – प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले पद तथा गोपनियताको शपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख पर्शुराम खापुङसँग कार्कीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।

कार्कीले ३ जनालाई मन्त्री पनि नियुक्त गरेका छन् ।

एमालेबाट तिलकुमार मेन्याङ्बो, राप्रपाबाट भक्ति सिटौला र जसपाबाट निर्मला लिम्बु मन्त्री नियुक्त भएका छन् । बिना विभागीय मन्त्री बनेका उनीहरुले पनि मुख्यमन्त्री कार्कीसँग शपथ लिएका छन् ।

प्रदेश १ सरकारमा नेकपा माओवादी केन्द्र भने सहभागि भएको छैन । माओवादीले प्रदेश १ सरकारको नेतृत्व आलोपालो गर्ने गरी सहमति नभएसम्म आफूहरु सरकारमा नजाने बताएको छ ।