काठमाडौँ – नेकपा एमालेका अध्यक्ष अर्थतन्त्र गम्भीर अवस्थामा रहेको बताएका छन् । आजको प्रतिनिधिसभा बैठकमा उनले राजस्व असुली माइनसमा गएको बताए ।
“अर्थतन्त्र बडोे गम्भीर अवस्थामा छ । धेरै वर्षपछि राजस्व असुली माइनसमा गएको छ । अहिले ऋणात्मक भएको छ यो गम्भीर कुरा हो ,” उनले भने ।
ओलीले महँगी बढ्दो भएकाले जनजीवन कष्टकर बनिरहेको बताए । सबै कुराको सकारात्मक समाधन खोज्न र त्यसबाट अघि बढ्नुपर्ने बताए । उनले सरकारलाई सहज अवस्था नरहेको भन्दै चुनौती थपिएको पनि बताए ।
प्रतिक्रिया