काठमाडौं – नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन आह्वान गरेको छ । सोमबार प्रतिनिधिसभाको बैठक बस्नुअघि सिंहदरबारमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले प्रचण्डका लागि विश्वासको मत मागेको हो ।
बैठकमा विश्वासको मतका लागि सबै दललाई आह्वान गर्ने, दललाई मात्रै नभएर सांसदहरुसँग पनि कुरा गर्नका लागि पहल गर्न दलका नेताले निर्देशन गरेको संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।
बैठकमा माओवादी संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री प्रचण्डले विश्वासको मतका लागि सबै दलसँग कुरा गरेको बताएका थिए ।
त्यस्तै बैठकमा सांसदहरुलाई संसदमा कसरी प्रस्तुत हुने भन्नेबारे प्रशिक्षण समेत भएको पाण्डेले जानकारी दिए ।
उपप्रधानमन्त्री एवम माओवादी राष्ट्रिय सभा दलका नेता नारायणकाजी श्रेष्ठले यसबारे सांसदहरुलाई निर्देशन दिएका थिए ।
प्रतिक्रिया