काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार मलेसियामा बन्धक बनाइएका १९ जना नेपालीको उद्धार गर्न निर्देशन दिएका छन् ।
वैदेशिक रोजगारको सिलसिलामा मलेसिया पुगेका नेपालीहरु विगत ८ दिनदेखि बन्धक बनाइएको समाचार सार्वजनिक भएको थियो ।
समाचार सार्वजनिक भएसँगै प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले अवस्था बुझ्न र निजहरुलाई उद्धारका लागि पहल सुरू गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री दाहाल यस विषयमा गम्भीर हुनु भएको र तत्काल उद्धारका लागि आवश्यक सबै पहल गर्ने उनको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया