देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रदेश–१ का मुख्यमन्त्री कार्कीले शपथ लिँदै

सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारी

देशान्तर

काठमाडौं – प्रदेश–१ का नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । उनले सोमबार दिउँसो २ बजे शपथ लिने छन् ।

उनलाई आइतबार साँझ मात्रै प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गरेका कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

कार्कीले ९३ सदस्यीय प्रदेशसभामा नेकपा एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जनता समाजवादीका १ गरी ६० प्रदेश सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्तिका लागि दावी पेश गरेका थिए ।

कार्कीले सोमबार नै सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारी गरेका छन् । तर, भागबण्डा नमिलेका कारण कुन पार्टीले कुन मन्त्रालय पाउने र कसले प्रतिनिधित्व गर्ने टुंगो लागेको छैन ।