देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

द्विपक्षीय सम्बन्ध नयाँ उचाइमा पु-याउन पहल गर्छु : चिनियाँ राजदूत

देशान्तर

काठमाडौँ – नेपालका लागि चीनका नवनियुक्त राजदूत छन् सोङ नेपाल आइपुगेका छन् । नेपालका लागि चीनको २२ औँ राजदूतको जिम्मेवारी सम्हाल्न उन आइतवार काठमाण्डौ आईपुगेका हो ।

काठमाण्डौ आएलगत्तै ट्विट गर्दै राजदूत सोङले हिमालय वारपार चीन–नेपाल नेपाल मित्रता अमर रहोस् भनेका छन् । यस्तै उनले नेपालमा चिनियाँ राजदूतको रूपमा काम गर्न पाउनु आफ्ना लागि सौभाग्य रहेको र नेपालको सौन्दर्य र संस्कृति देखेर चकित भएको उल्लेख गरेका छन् । नेपाल–चीन सहयोगको पूर्ण सम्भावनालाई उजागर गर्न र द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन आफूले पहल गर्ने उनले बताएका छन् ।

राजदूत सोङले विकास तथा समृद्धि र स्थायी मित्रताको सहकार्यका लागि चीन–नेपाल रणनीतिक साझेदारीको नयाँ अध्याय सुरु गर्न तयार रहेको बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले चीन र नेपाल दुवैतर्फ महाधिवेशन र चुनावमार्फत नयाँ नेतृत्व आएको परिस्थितिमा दुवै देशका नेतृत्वले आपसमा मिलेर काम गर्नेमा जोड दिनुपर्ने बताए ।

उनी यसअघि चीनको विदेश मन्त्रालयको एसिया मामिला विभागका उपमहानिर्देशकको रूपमा कार्यरत थिए । नेपालका लागि निवर्तमान चिनियाँ राजदूत होउ यान्छी दुई महिनाअघि फर्किएपछि राजदूतका रूपमा सोङ आएका हो ।