देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सर्वोच्च बारको अध्यक्षमा लोकतान्त्रिक समूहका निरौला विजयी

देशान्तर

सर्वोच्च बार एशोसिएशनको ३४ औँ नयाँ कार्यसमितिमा बृहत् लोकतान्त्रिक समूह निर्वाचित भएको छ । दुई बर्षिय कार्यकालका लागि लोकतान्त्रिक समूहबाट अध्यक्षमा वरिष्ठ अधिवक्ता हरिशङ्कर निरौला नेतृत्वको समुह विजयी भएको हो ।

निरौलाले दुई सय ८९ मत प्राप्त गरी विजयी हुनु भएको छ । निरौलाका प्रतिस्पिर्धी प्रगतिशील समुहका वरिष्ठ अधिवक्ता तुलसी भट्टले दुई सय ७५ मत प्राप्त गर्नु भएको छ । उपाध्यक्षमा लोकतान्त्रिकका जगदीशप्रसाद पाण्डे, सचिवमा प्रगतिशीलका श्यामकुमार खत्री, सहसचिवमा लोकतान्त्रिकबाट सुजन लोप्चन र कोषाध्यक्षमा प्रगतिशीलबाट कपिलचन्द्र पोखरेल विजयी भएका छन् । पाँच पदाधिकारी र १० सदस्य गरी १५ जनाको नयाँ पदाधिकारीका लागि निर्वाचन भएको थियो ।।