नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप पौडेलले सत्ता र शक्ति प्राथमिकताको विषय ठान्ने प्रवृत्ति गलत भएको बताउनु भएको छ । विचार र सिद्धान्तमा दूरी भएकाहरूसँग सहकार्य गरेर सत्ता प्राप्ति प्राथमिकतामा राख्न नहुने पौडेलले बताउनु भएको हो ।
सत्ता र शक्तिका लागि सबै कुरा जायज ठान्ने प्रवृत्ति गलत भएको भन्दै पौडेलले आज ट्वीट गर्नु भएको छ । पछिल्लो राजनैतिक धाराणा सार्वजनिक गर्दै सांसद पौडेलले
‘आफ्नै बलमा उभिएर रचनात्मक प्रतिपक्षको भूमिका खेल्लुनै उचित बाटो भएको बताउनु भएको छ ।पछिल्लो समय कांग्रेसले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्री प्रस्ताव गरेको चर्चा भएको थियो ।
तर कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले यस्तो प्रस्ताव कांग्रेसले कसैलाई नराखेको अभिव्यक्ति दिदैँ आएका छन । अहिले कांग्रेसभित्र सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने आवाज उठिरहेको छ ।
प्रतिक्रिया