देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

श्रम स्वीकृति आज बाट विराटनगर र जनकपुर बाट सुरु हुदैँ

देशान्तर

अब विराटनगर र जनकपुरबाट पनि श्रम स्वीकृति लिन सकिने भएको छ । मन्त्रिपरिषद्को यसअघिको निर्णयअनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विराटनगर र जनकपुरमा आज बाट श्रम तथा रोजगार कार्यालयको शाखा विस्तार गर्न लागेको छ ।

छिटो छरितो रुपमा श्रम स्वीकृति प्रदान गर्न शाखा स्थापना गरिएको मन्त्रालयले जनाएको छ । यसअघि मन्त्रालयले पोखरा, बुटवल, सुर्खेत र धनगढीमा शाखा कार्यालय विस्तार गरेको थियो । यससँगै भोतिक रुपमा उपस्थित भई लिनुपर्ने श्रम स्वीकृति तथा व्यक्तिगत स्वीकृति अब यी स्थानमा अनलाइन मार्फत लिन सकिनेछ ।