देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दार्चुलामा तुइनबाट खसेर एक बालक बेपत्ता

देशान्तर

दार्चुलामा महाकाली नदी तर्ने क्रममा तुइनबाट खसेर एक बालक बेपत्ता भएका छन् ।
ब्यास गाउँपालिका–४ को डोकटका १० वर्षीय बालक दिपेन्द्र बिष्ट तुइनबाट नदी तर्ने क्रममा खसेर बेपत्ता भएका हुन ।

बालक आमा संगै घास काट्न गएका थिय । महाकाली पारि पुगी खरको घास ल्याएर आउदैँ गर्दा बिष्ट महाकालिमा खसेका हुन ।

खर घाँस काट्न भारतीय जंगलमा पुगेका बालक तुइनबाट खसेर बेपत्ता भएको र आज बाट मात्रै खोजिकार्य सुरु गरिने जिल्ला प्रहरि कार्यालय दार्चुलाले जनाएको छ ।

बालक बिहीबार बिहान तुइनबाट तर्ने क्रममा बेपत्ता भए पनि विकट क्षेत्र भएकाले ढिलो जानकारि आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगत मगरले बताउनु भयो । प्रहरि कार्यालयमा जानकारि आएपछि स्थानिय प्रहरी टोली बालकको खोजीमा खटिएको बताउँदै प्रहरी निरीक्षक मगरले आवश्यक परेमा जिल्लाबाट समेत थप प्रहरी पठाइने तयारि भएको जानकारि दिनुभयो । बेपत्ता बालकले ब्रह्मस्थान आधारभूत विद्यालयमा कक्षा ४ मा अध्ययन गर्दै आएका छन् । यसै वर्ष गत असारमा पनि सोही ठाउँको तुइनबाट खसेर १८ वर्षीय युवक बेपत्ता भएका थिए । दार्चुलामा पछिल्लो ६४ बर्षमा ६३ जना महाकालि नदि तर्दा बेपत्ता भएका छन । बेपत्ता मध्ये २ जनाको मात्रै शव फेला परेको छ ।।