देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

तीन महिनापछि कोरोनाबाट फेरि एक जनाको मृत्यु

देशान्तर

काठमाडौं – कोरोना भाइरसको संक्रमणबाट तीन महिनापछि फेरि एक जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १२ हजार २० पुगेको छ ।

यसअघि गत कात्तिक ७ गते कोरोनाबाट एक जनाको मृत्यु भएको थियो । त्यसयता कोरोना संक्रमण कम हुँदै गएको थियो भने कसैको पनि मृत्यु भएको थिएन ।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप तीन जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै अहिलेसम्म नेपालमा १० लाख एक हजार २० जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये नौ लाख ८८ हजार ९७९ जना निको भइसकेका छन् ।

शनिबार दुई जना निको भएका छन् । अहिले देशभर २१ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।