देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पब्जी विश्व च्याम्पियनसिपमा नेपालका दुई टिम खेल्दै

देशान्तर

इस्पोर्टस्को मुख्य बिधा पब्जी मोबाइल विश्व च्याम्पियनसिपको फाइनल चरणका खेलहरु जारी छ । विभिन्न चरण पारगरी फाइनलमा छनोट भएका १६ टिमबीचको प्रतिस्पर्धा भोलिसम्म चल्ने छ ।भोलि नै नयाँ विश्व विजेताको टुंगो लाग्नेछ ।

१० नोभेम्बर २०२२ देखि मलेसियाको क्वालालम्पुरमा सुरु भएको यो प्रतियोगितामा समूह चरण, सर्भाइभल चरण र लास्ट चान्समार्फत फाइनल चरणका लागि टिम छनोट गरिएको थियो । इण्डोनेसियाको जकार्तामा हुने फाइनल चरणका खेलहरुमा नेपालका दुई टिम सहभागी छन् ।

४० लाख अमेरिकी डलर कुल पुरस्कार राशी रहेको पब्जी मोबाइल विश्व च्याम्पियनसिपमा नेपालका तीनसहित ५१ टिमको सहभागिता थियो । उनीहरु आआफ्नो महादेशीय छनोट पार गरेर विश्व च्याम्पियनसिप खेल्न पुगेका हुन् ।

१० देखि २७ नोभेम्बरसम्म सञ्चालित समूह चरणमा ४८ टिमलाई समावेश गरिएको थियो । उनीहरुलाई तीन समूहमा विभाजन गर्दा हरेक समूहमा १६ टिम थिए । समूहमा शीर्ष ३ टिम सिधै फाइनलमा पुग्दा चौथोदेखि ११औं स्थानका टिमले सर्भाइभल चरण खेल्नुपर्ने भएकाे थियाे । बाँकी पाँच टिम समूहबाटै बाहिरिएको छ । खेलमा सहभागी नेपालको एक टिम वाहिरिएपछि अहिले दुई टिमले मात्रै अन्तिम प्रतिश्पर्धामा सहभागी भएका हुन् ।