देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उज्यालो जुम्ला बनाउने नै मेरो सपना हो

देशान्तर

कर्णालीको एउटा दुर्गम नगरपालिकाको मेयरमा निर्वाचित हुनुभएको छ । कर्णालीको यो नगर बनाउने के योजना छन् ?
मेरा योजना धेरै छन् । अवसर सँगसँगै धेरै चुनौतीहरू पनि छन् । यो विजयलाई मैले चुनौतीको रूपमा लिएकी छु । मुख्यतया मेरा दुईवटा योजनाहरू छन् । मैले अल्पकालीन र दीर्घकालीन योजनाहरू बनाएर काम गर्नेछु । मेरो भिजन भनेको चन्दननाथलाई स्मार्ट सिटी बनाउनु हो । जुम्लामा काम गर्न सहज छैन, तर चन्दननाथ नगरपालिकालाई स्मार्ट सिटी बनाउने योजना छ । कर्णाली विद्यालयको प्रधानाध्यापक भएपछि जिल्लाकै नमुना बनाएँ । अब नगर नमुना बनाउँछु । सडक सञ्जालले नजोडेका नगरका वडामा सडक पु¥याउँछु र उज्यालो जुम्ला बनाउन पहल गर्छु ।
चन्दननाथ नगरपालिकाका समस्याहरू के के हुन्?
जुम्ला जस्तो विकट ठाउ“मा समस्याहरू त धेरै छन् । कतिपय त यातायातका साधन अझै नपुगेका ठाउ“हरू पनि छन् । प्रमुख चुनौतीको रूपमा यहाँको वडाहरूमा कसरी यातायातका साधनहरू पु¥याउन सकिन्छ भन्ने हो । एक लाइन भएका सडकलाई दुई लाइन कसरी बनाउन सकिन्छ भन्ने कुरा पनि सोचेकी छु । बजार व्यवस्थापन कसरी गर्न सकिन्छ, बजारभित्र रहेका सा“गुरा गल्लीहरूलाई कसरी फराकिलो बनाउने भन्ने प्रमुख चुनौतीहरू मेरो अगाडि खडा भएका छन् ।
मतदाताहरूले कस्ता कुराहरूको अपेक्षा गरेका छन् ?
मतदाताहरूले थुप्रै समस्याहरू मेरो अगाडि तेस्र्याएका छन् । पहिलो कुरा यहाँहरूले जुम्लाको चन्दननाथ नगरपालिकालाई शान्ति सुरक्षाको हिसाबमा कसरी व्यवस्थित बनाउन सकिन्छ भन्ने चिन्ता व्यक्त गर्नुभएको छ । विकास निर्माणका धेरै कामहरूको अपेक्षा राख्नुभएको छ । हाम्रो नगर चाँडो विकास होस्, राम्रो सफा सुन्दर चन्दननाथ नगरपालिका हेर्नका लागि मतदाताहरू आतुर हुनुहुन्छ ।