काठमाडौँं – बिना विभागीयमन्त्री दामोदर भण्डारीले वर्तमान सरकार आधारभूत वर्गको भएको बताएका छन् । काभ्रेपलाञ्चोकको बनेपामा बुधबार आयोजित नेपाल टेलरिङ व्यवसायी महासङ्घको चारदिने ‘सीप सम्मेलन–२०७९’ एवं तालिम तथा सीप सप्ताहको उद्घाटन समारोहमा उनले वर्तमान सरकार जनमुखी एवं आधारभूत वर्गको श्रम र सीपमा विश्वास गर्ने सरकार भएको दाबी गरे ।
“जनमुखी वर्तमान सरकार आधारभूत वर्गको श्रम र सीपमा विश्वास गर्ने सरकार हो, श्रम र सीपमा न्याय नपाउनेलाई सम्मानका साथ सम्बोधन गर्नेछौँ”, मन्त्री भण्डारीले भन्नुभयो । उनले आधारभूत वर्गको वर्गको हितमा लागेकाले आफूलाई पश्चिमका नागरिकले जनमत दिएको बताए ।
समृद्धिको यात्रा तय गर्ने क्रममा आधारभूत वर्गले न्याय पाउँदा श्रम र सीपको मूल्य पनि सरकारले बुझ्नुपर्ने उनको धारणा थियो ।
मन्त्री भण्डारीले भिन्न विचार भएका दललाई एकीकृत आकार दिई साझा मुद्दामा दललाई सहभागी गराएर वर्तमान सरकार निर्माण प्रक्रिया अघि बढेको उल्लेख गर्दै हाल पूर्णताः नपाएको सरकारले विश्वास प्राप्त गर्नुपूर्व सहमति गरेर अघि बढ्ने बताए । “अहिलेको सरकार जनादेशबाटै तयार भएको हो, हामी न्यूनतम साझा उद्देश्य र लक्ष्य तय गर्दैैछौँ, साझा अवधारणा बनेपछि सरकारको यात्रा तय हुनेछ, अहिलेको कार्यक्रम यो हो भनेर जान्छौँ”, उनले भने ।
मन्त्री भण्डारीले विश्व बजारमा नेपालको जनशक्ति, श्रम र सीपले बजार प्राप्त गर्नुपर्नेमा त्यसो नभइरहकोमा दुःख व्यक्त गर्दै नेपाली बजार आयातितमा मात्रै निर्भर हुन नहुने बताए । उनले भने, “नेपाली श्रम र सीपका वस्तु निर्यात गरी विदेश तयारी वस्तुलाई निरुत्साहित गर्नुपर्ने आजको आवश्यकता हो ।” उनले सरकारले नयाँ बजेट बनाउँदा नयाँ पन, नेपाली मन, राष्ट्रियता तथा मौलिकता झल्किने सीपलाई प्रवद्र्धन गर्ने बताए ।
प्रतिक्रिया