देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

देशान्तर

काठमाडौँं – सत्ता साझेदार दलहरूको बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार पाँच दलका शीर्ष नेताको बैठक बसिरहेको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी छन् ।

उनीहरूबीच मन्त्रिमण्डल विस्तार, सरकारका साझा कार्यक्रमलगायतका समसामयिक विषयमा छलफल भइरहेको बताइएको छ । प्रधानमन्त्री प्रचण्डले पुस २६ गते विश्वासको मत लिने तयारी गरिरहेका छन् ।

उनले विश्वासको मत अगाडि दलहरुलाई सहमतिमा ल्याउने प्रयास गरिरहेका छन् । प्रधानमन्त्री प्रचण्डले बुधबारै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँगको भेटमा सरकारलाई समर्थन गर्न आग्रह गरेका थिए ।

विश्वासको मत लिनुअघि सरकारको न्यूनतम् साझा कार्यक्रम घोषणा गर्ने सत्ता साझेदार दलहरूको तयारी छ ।