काठमाडौँं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्ड, गृहमन्त्री लामिछाने र अध्यक्ष लिङदेनबीच भेटवार्ता भएको गृहमन्त्रीका प्रेस संयोजक प्रकाश सिग्देलले जानकारी दिए ।
उनीहरुबीच मन्त्रीमण्डल विस्तार, सरकारका साझा कार्यक्रमलगायतका समसामयिक विषयमा छलफल भएको छ ।
प्रधानमन्त्री प्रचण्डले पुस २६ गते विश्वासको मत लिने तयारी गरिरहेका छन् । उनले विश्वासको मत अगाडि दलहरुलाई सहमतिमा ल्याउने प्रयास गरिरहेका छन् ।
प्रतिक्रिया