देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गठबन्धन टुट्नुमा कांग्रेस दोषी छैन: प्रवक्ता महत

‘प्रचण्डलाई प्रधानमन्त्री बनाउने विकल्पमा जान समय नै पाइएन’

देशान्तर

काठमाडौँं – नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले तत्कालीन पाँच दलीय गठबन्धन टुट्नुमा आफ्नो पार्टी दोषी नरहेको दाबी गरेका छन् । बुधबार आयोजित पत्रकार सम्मेलनमा आफूहरु वैकल्पिक समर्थन जुटाउन तिर पनि नलागेको भन्दै प्रवक्ता महतले आफूहरू गठबन्धन जोगाएर लैजाने पक्षमै रहेको प्रष्टीकरण दिए ।

उनले पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने विकल्पमा जान समय नपुगेको बताए । “गठबन्धन टुट्नु र प्रचण्ड छाडेर जानुमा नेपाली कांग्रेस पार्टी दोषी छैन,” उनले भने, “यद्यपी, नेपाली कांग्रेस पार्टीले नेतृत्व छोडेर नेतृत्व प्रचण्डजीलाई दिएर गठबन्धन जोगाउने विकल्पमा जाने भन्नेमा सोच्ने वा निर्णय गर्न समय प्राप्त भएन ।”

प्रवक्ता महतले चुनावअघि व्यक्त गरिएको नीतिगत तथा सैद्धान्तिक प्रतिवद्धता विपरीत गठबन्धन तोडेर प्रचण्ड एमालेसँग गठबन्धन गर्न गएको बताए । उनले अहिलेको गठबन्धन अवसरवादी गठबन्धन भएको बताए ।

राजतन्त्र चाहिन्छ, संघीयता चाहिँदैन भन्नेहरु गठबन्धनमा रहेको तथा विचार र दृष्टिकोणमा एकता नभएको बताए ।

पार्टीले अब सशक्त विपक्षीको भूमिका निर्वाह गर्दै संसद्मा जनसरोकार, सुशासन, विकासको विषयलाई सशक्त ढंगले उठाउने पनि उनले बताए ।