देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुदूरपश्चिममा मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान

देशान्तर

काठमाडौं – सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीले सरकार गठनको आह्वान गरेका छन् । प्रदेश प्रमुख जोशीले संविधानको धारा १६८ को उपधारा २ अनुसार २७ पुसको साँझ ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका हुन् ।

संविधानको १६८ (२) मा दुई वा दुई भन्दा बढी दलको समर्थनमा प्रदेशसभा सदस्यले मुख्यमन्त्रीमा दावी पेश गर्न सक्ने व्यवस्था छ । सुदूरपश्चिम प्रदेशसभामा कुनै पनि दलको बहुमत छैन । त्यसैले बहुमत पुर्‍याउनका लागि दुई वा दुई भन्दा बढी दल मिल्नुपर्नेछ ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा सरकार गठनका लागि २७ जनाको समर्थन चाहिन्छ । सुदूरपश्चिम प्रदेशसभामा ठूलो दल नेपाली कंग्रेसको १९, नेकपा माओवादी केन्द्रको ११, नेकपा एमालेको १०, नागरिक उन्मुक्ति पार्टीको ७, नेकपा एकीकृत समाजवादीको ४, राप्रपाको १ र एक जना स्वतन्त्र सांसद छन् ।