देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस सुदूरपश्चिम संसदीय दलको नेता छान्न निर्वाचन हुने

देशान्तर

काठमाडौं – नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश संसदीय दलको नेताका लागि बुधबार नै निर्वाचन हुने भएको छ । उपसभापति लोकराज अवस्थीको संयोजकत्वमा गठित निर्वाचन समितिले बुधबार नै मतदान गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

जसअनुसार दिउँसो १२ बजे मतदाता नामावली प्रकाशन गर्ने, १२ः३० बजे दाबि विरोध पेस गर्न समय दिने, १ बजे अन्तिम नामावली प्रकाशन गर्ने, साढे १ देखि साढे २ बजेसम्म उम्मेदवारको मनोनयन दर्ताको समय दिइएको छ ।

पौने तीन बजे उम्मेदवारको नामावली प्रकाशन, ३ देखि ३ः३० सम्म उम्मेदवार उपर दाबी विरोध, चार बजेसम्म अन्तिम नामावली प्रकाशन, ४ देखि ५ बजेसम्म मतदान हुने निर्वाचन समितिका सदस्य सुरत रावतले बताए ।

दलको नेतामा उम्मेदवारी दिन २५ हजार रूपैयाँ शुल्क तोकिएको छ । कांग्रेसको प्रदेश कार्य समितिको कार्यालय परिसरमा मतदान हुनेछ ।