काठमाडौं – राष्ट्रिय क्रिकेटरद्वय शरद भेषावकर र आरिफ शेखले नाबालिगमाथि बलात्कारको मुद्दा खेपिरहेका क्रिकेटर सन्दीप लामिछानेलाई न्याय हुनु पर्ने बताएका छन् । दुवै जनाले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत् सन्दीपलाई न्याय हुनु पर्ने भन्दै लेखेका हुन् ।
शरदले एक पोस्ट सेयर गर्दै ह्यासट्यागमा ‘जस्टिस फर सन्दीप लामिछाने’ लेखेका छन् ।
आरिफले पनि ह्यासट्यागमा ‘जस्टिस फर सन्दीप लामिछाने’ लेख्दै न्याय हरेक मानिसको हक भएको बताएका छन् । उनले सन्दीपलाई जतिसक्दो चाँडो न्याय होस् भन्दै सन्दीपले देशलाई फेरि गौरवान्वित गर्न सकुन् भनेर कामना समेत गरेका छन् ।
सन्दीपलाई पछिल्लो समय डिप्रेसनको समस्या देखिएको छ । सन्दीपमाथि १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोप छ । उनलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएपछि उनी सुन्धारास्थित केन्द्रीय कारागारमा छन् ।
प्रतिक्रिया